काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदेबीच भेटवार्ता भएको छ।
सांघाई सहयोग संगठन (ससीओ) प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा गएका हुन्।
प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ।
आजै प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा।मोहमद मिज्जुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।




प्रतिक्रिया