प्रधानमन्त्री ओली चीन भ्रमणबाट स्वदेश फिर्ता

प्रधानमन्त्री ओली चीन भ्रमणबाट स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् ।

भदौ १४ गते चीन प्रस्थान गरेका ओली बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् ।

चीनमा रहँदा उनले राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति हान झेङ, रसियाका राष्ट्रपति भ्यादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटघाट गरेका थिए । उनले एससीओ शिखर सम्मेलनलाई सम्बोधन पनि गरेका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको २३ सदस्यीय प्रतिनिधि मण्डलमा उनकी पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपाध्यक्ष एवं सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका अधिकारी लगायत रहेका थिए ।