काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालले मंगलबार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण परीक्षण गरी औषधि दिन सुरु गरिएको जनाएको हो । त्यस्तै विभिन्न विषयका विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिरहेको समेत अस्पतालले बताएको छ ।
त्यस्तै प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गर्ने क्रम जारी रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहको र विशेषज्ञहरुको निरन्तर निगरानीमा रहेको अस्पतालले बताएको छ । यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन सरकारका केही मन्त्रीहरु मंगलबार दिउसो त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।




प्रतिक्रिया