एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई अध्यक्ष ओलीको फोन : ३–४ दिनमा आउँछु, समीक्षा गर्दै गर्नू

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई अध्यक्ष ओलीको फोन : ३–४ दिनमा आउँछु, समीक्षा गर्दै गर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाको सुरक्षा घेरामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई फोन गरेका छन् ।

अध्यक्ष ओलीले पोखरेललाई फोन गरेर आफू ३–४ दिनमा आउने र तबसम्म अनौपचारिक रूपमा समीक्षा गर्दै गर्न भनेका छन् ।

स्रोतका अनुसार जेनजी आन्दोलन र त्यसपछि विकसित घटनाक्रमबारे अनौपचारिक समीक्षा गर्न उनले पोखरेललाई भनेका छन् । अध्यक्ष ओलीले औपचारिक रूपमा पोखरेललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी भने नदिएको स्रोतले जनाएको छ ।

जेनजी आन्दोलन आक्रामक भएदेखि अध्यक्ष ओली सेनाको सुरक्षा घेरामा शिवपुरीमा रहेका छन् । आन्दोलन चर्किएपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।