एमाले अध्यक्ष ओलीले भोलि पार्टी कार्यालयमा संविधान दिवस कार्यक्रमलाई सम्बोधन गर्ने

एमाले अध्यक्ष ओलीले भोलि पार्टी कार्यालयमा संविधान दिवस कार्यक्रमलाई सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुक्रबार संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने भएका छन् ।

एमालेले आयोजना गरेको विशेष कार्यक्रममा ओलीको सम्बोधनलाई केन्द्रबिन्दु बनाइएको पार्टीले जनाएको छ ।

अध्यक्ष ओली हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित भाडाको घरमा बसाइँ सरिसकेका छन् । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहेका उनले बालकोटस्थित निवासमा भएको आगजनीपछि नयाँ बसोबास थालेका हुन् ।

गुण्डुस्थित नयाँ निवासमा बिहीबार एमाले महासचिव शंकर पोखरेल, नेता भानुभक्त ढकाल, महेश बस्नेत र भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा लगायतका नेताले ओलीसँग भेट गरेका छन् । एमालेका अनुसार अध्यक्ष ओलीले संविधान दिवसका अवसरमा वर्तमान राजनीतिक परिस्थितिबारे धारणा राख्दैछन् ।