सैन्य सुरक्षाबाट फर्केपछि ओलीको पहिलो सन्देश-जेन जी आन्दोलनमा घुसपैठ भयो, षड्यन्त्रकारीले हिंसा मच्चाए

सैन्य सुरक्षाबाट फर्केपछि ओलीको पहिलो सन्देश-जेन जी आन्दोलनमा घुसपैठ भयो, षड्यन्त्रकारीले हिंसा मच्चाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन सरकारले जेन जी आन्दोलनको क्रममा प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको दाबी गरेका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएकोले घटनाको छानबिन हुनुपर्ने माग गरे ।

ओलीले जेनजी आन्दोलनमा षड्यन्त्रकारीले हिंसा मच्चाएको आरोप लगाउँदै सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हाल्न आदेश नदिएको पनि स्पष्टीकरण दिएका छन्।

‘त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु, सन्देशमा ओलीले भनेका छन् ।

‘‘गत साता जेन जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो, आह्वानकर्ताले भनेझैं। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो,’ ओलीले सन्देशमा भनिएको छ, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।’

ओलीले संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरू बनाइरहेको पनि दाबस् गरेका छन् ।

‘उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौँ। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौँ। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौँ । अर्थतन्त्र तङ्ग्रँदै थियो’, सन्देशमा भनिएको छ ।

जेन जी आन्दोलनपछि विकसिक असामान्य परिरिस्थितिको कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएर उनी सैनिक सुरक्षामा बसेका थिए । उनी मंगलबार मात्रै भक्तपुरमा डेरामा सरेका छन् ।