काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लामो समयपछि सार्वजनिक भएका छन्। उनी आज भक्तपुरको गुन्डुस्थित नयाँ निवासमा पार्टी नेता र कार्यकर्तासहित देखिएका हुन्।
ओलीलाई भेट्न नेता र कार्यकर्ता गुन्डु पुगेका थिए। भेटघाटमा सहभागीहरूले उनलाई भेटेर फोटो खिचाए पनि ओली भने कुनै प्रतिक्रिया बिना नै भित्रतिर फर्किएका छन्।
भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली पछिल्लो समय सार्वजनिक गतिविधिमा देखिएका थिएनन्।




प्रतिक्रिया