प्रत्यारोपणपछि प्रधानमन्त्रीको शरीरमा चार वटा किड्नी !

प्रत्यारोपणपछि प्रधानमन्त्रीको शरीरमा चार वटा किड्नी !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदैछ । प्रत्यारोपणपछि प्रधानमन्त्रीको शरीरमा अब चार वटा मिर्गौला हुनेछ ।

प्रधानमन्त्री ओलीको अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिँदैछ ।

यसअघि पनि प्रधानमन्त्री ओलीको शरीरमा २०६४ साउनमा पनि मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर, शरीरमा रहेको मिर्गौला नझिकी नयाँ मिर्गौला राखिएकाले प्रधानमन्त्री ओलीको शरीरमा यसअघि नै तीनवटा मिर्गौला थिए ।

आज गरिने प्रत्यारोपणपछि अब उनको शरीरमा चारवटा मिर्गौला रहनेछ । मिर्गौला प्रत्यारोपण गर्दा सामान्यतयाः शरीरमा रहेको मिर्गौला नफालिकन नयाँ मिर्गौला राख्ने गरिन्छ ।

१२ बर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको थियो । पहिले प्रत्यारोपण गरिएको मिर्गौला शरीरमा जेलिएर बसेको हुने र त्यसलाई हटाउन समय लाग्ने भएकाले नयाँ प्रत्यारोपण गर्दा पुरानो मिर्गौला नफालिने चिकित्सकहरुले बताएका छन् ।

यसअघि बुहारीबाट मिर्गौला दान लिएका प्रधानमन्त्री ओलीले यसपटक भाञ्जीको मिर्गौला आफूमा राख्न लागेका हुन् । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ ।

ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भारतीय डाक्टर अनन्त कुमार पनि भारतबाट नेपालमा आएका छन् । उनीहरुले नै १२ बर्षअघि प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेका थिए ।