काठमाण्डु – जेनजी आन्दोलनको बलमा बनेको नयाँ सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ ।
आईतबारको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा ५ जनालाई विदेश जान रोक लगाएको छ ।
आयोगले पाँचै जनालाई अनुमति विना काठमाण्डु उपत्यका बाहिर जान पनि रोक लगाएको छ ।
सरकारले निवर्तमान सरकारका प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको पासपोर्ट रोक्का गरेको छ ।
भदौ २३ गतेको जेनजी आन्दोलनमा प्रहरीले दमन गरेपछि राजनीतिक नेतृत्वमाथि पनि छानबिन हुने भएको छ । आन्दोलनकारीले प्रधानमन्त्री र गृहमन्त्रीले गोली चलाउन आदेश दिएको आरोप लगाएका छन् ।





प्रतिक्रिया