संसद् पुनर्स्थापना हुनुपर्छ, कांग्रेसले पनि आफूलाई यही बाटोमा उभ्याउनुपर्छ : ओली

संसद् पुनर्स्थापना हुनुपर्छ, कांग्रेसले पनि आफूलाई यही बाटोमा उभ्याउनुपर्छ : ओली

सुशीला कार्कीको सरकार बलमिच्याइँले बनेको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले देशलाई असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् पुनर्स्थापना हुनु पर्ने बताएका छन् ।

भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले तत्काल संसद् विघटन फिर्ता गर्ने माग लिएर अघि बढ्ने बताए।

संसद् पुनर्स्थापनाको माग लिएर अघि बढ्नुको विकल्प नभएको उनले बताए । उनले भने, ‘मलाई विश्वास छ, कांग्रेसले पनि यही बाटोमा आफूलाई उभ्याउनेछ। अरू पार्टीहरू पनि यही बाटोमा अघि बढ्छन्।

देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन अरू बाटो छैन।’ उनले असंवैधानिक बाटोलाई समर्थन गरेर अघि बढे देश र संविधान अफ्ठेरोमा पर्ने बताए।

ओलीले अहिले सरकार भए पनि बलमिच्याइँले बनेको सरकार भएको टिप्पणी गरे ।

‘अहिले देशको परिस्थिति असाधारण, असमान्य रहेको छ,’ ओलीले भने, ‘किनभने देशमा सरकार छ। संधिवान अनुसार बनेको छैन। बलमिच्याइँले बनेको छ।’

ओलीले पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न निमल्ने पनि तर्क गरे । न्यायाधीश भइसकेका व्यक्ति कुनै पनि सरकारी पदमा जान नमिल्ने व्यवस्था संविधानमै स्पष्ट रहेको उल्लेख गर्दै उनले भो, ‘नेपालको संविधानले स्पष्ट भन्छ–सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति, पूर्वप्रधानन्यायाधीश, अथवा न्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी लाभका पदमा बस्न सक्दैन ।’

त्यो थाहा हुँदा हुँदै पनि प्रधानमन्त्री सुुशीला कार्की सडक आन्दोलनमा समेत गएको जिकिर गरे। ‘बन्नै सक्दैन, उहाँलाई राम्ररी थाहा छ। तर, उहाँ सुरिनु भयो। त्यो सुरिनका लागि उहाँ भदौ २३ गते जनेजी बनेर सडकमा उत्रिनु भयो। २४ गते सडकमा उत्रिनु भयो,’ ओलीले भने।

वर्तमान सरकार चुनाव गराउने उद्देश्यले नबनेको समेत उनको दाबी छ। ‘चुनाव गराउने भनेको त राष्ट्रपतिले तोकिदिएको म्यान्डेट हो,’ ओलीले भने, ‘उहाँहरूको उद्देश्य होइन। उहाँहरु जुलुसमा गएर भाषण गरिरहनुु भएको थियो।’

ओलीले आफूूलाई गिरफ्तार गर्न राती ३ बजेसम्म बैठक हुने गरेको दाबी गरे । उनले आफ्नो पासपोर्ट रद्द गरेर सरकारले तमासा देखाएको समेत टिप्पणी गरे।

‘‘उहाँहरू जुलुसमा गएर भाषण गरिरहनुभएको थियो। केपी ओलीलाई गिरफ्तार गर्नुपर्छ, कारबाही गर्नुपर्छ,’ ओलीले भने, ‘अहिले रातिराति रातभर मिटिङ गरेर कसरी केपी ओलीलाई गिरफ्तार गर्न सकिन्छ? कसरी नेपाली कांग्रेसका रमेश लेखकलाई गिरफ्तार गर्न सकिन्छ?’

सबैभन्दा पहिले उनीहरूले एउटा तमासा सडकमा देखाएको उनले बताए। यस्तै अर्को तमासा काठमाडौं उपत्यका छाड्न नदिने भन्ने देखाएको पनि ओलीलले टिप्पणी गरे।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको डरले आफू नभाग्ने पनि उनले बताए। ‘के लाग्छ सुशीला कार्कीको डरले केपी ओली भाग्छ?’ उनले भने।

आफूले पहिले नै सरकारलाई हाहुको सरकार भनेको बताउँदै उनले यो सरकार नेपालीको नभएको पनि टिप्पणी गरे। उनले भने, ‘मैले पहिला पनि भनेको छु मैले संक्षिप्तमा भनेको छु हाहुको सरकार। यो कसैको सरकार होइन, नेपालीको होइन। अरुको भए थाहा छैन।’

सरकारले खास उद्देश्यले काम गरिरहेको पनि ओलीले दाबी गरे।

ओलीले जेन–जी आन्दोलनका घटनाको छानबिन गर्न अन्तरिम सरकारले गठन गरेको आयोग आफूलाई अमान्य भएको घोषणा गरे ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्की अध्यक्षतामा गठन भएको आयोगको निष्पक्षतामा प्रश्न उठाउँदै ओलीले आयोग आफूलाई अमान्य भएको बताए ।

‘यो नक्कली आयोग मञ्जुर छैन,’ ओलीले भने, ‘किन पनि मञ्जुर छैन भने आयोगमा राखिन भन्दा अगाडि, आयोगमा बस्न अगाडि गम्भीर अभिव्यक्तिको प्रश्न उठिसके पछाडि सप्रमाण मानिसले ल्याइसके पछि उहाँहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्दैन।’

उनले आयोगका अध्यक्ष कार्कीका पूर्व अभिव्यक्तिका कारण निष्पक्षतामाथि प्रश्न उठाए । ‘एउटा मान्छे अहिलेको अहिल्यै विरोधीबाट निष्पक्ष भइसक्छ ? उहाँहरू विरोधीबाट निष्पक्ष भइसक्नुभयो ?’ ओलीले भने।