काठमाण्डु – नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक भोलि बुधबारदेखि बस्दैछ ।
बैठक बुधबार बिहान ११ बजे ललितपुरको जावलाखेलमा राखिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको उनले बताए ।
बैठकमा पार्टीको आसन्न महाधिवेशनबारे पनि छलफल हुने प्रमुख गौतमले बताए । एमालेको असोज १२ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाएको थियो ।




प्रतिक्रिया