राम्रो काम गरेकै कारण एमाले सबैभन्दा बढी निसानामा पर्‍यो : केपी ओली

राम्रो काम गरेकै कारण एमाले सबैभन्दा बढी निसानामा पर्‍यो : केपी ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ गएको बताएका छन् ।

ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिक्रान्तितर्फ धकेलिएको बताएका हुन् ।

उनले भने, ‘आज देश अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको छ । त्यसबाट प्रतिक्रान्ति तर्फको, यदि हामीले प्रभावकारी ढंगले रोक्न सकेनौं भने देश त्यतातर्फ धकेलिएको छ, बर्बादीतर्फ धकेलिएको छ।’

ओलीले राम्रो काम गरेको कारण एमाले सबैभन्दा बढी निसानामा परेको बताए ।

‘हामी प्रहारको अरूभन्दा बढी निसाना भएका छौं’ उनले भने, ‘किन निसाना भएका छौं ? हामीले नराम्रो काम गरेर ? होइन । हामीले नराम्रा नीति लिएर ? हाम्रा राष्ट्र देशका नीति विरोधी भएर हो र ? होइन । हाम्रा नीतिहरू राम्रा भएर ।’

जेनजी विद्रोहले अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो।