काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आइतबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दैछन् ।
जेनजी आन्दोलनपछि सत्ताच्युत भएपछि उनले पहिलोपटक पत्रकारहरु बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।
जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति र एमालेको सभएको केन्द्रीय कमिटीको बैठक र बैठकले लिएका निर्णयका सन्दर्भमा ब्रिफ गर्न ओलीले मूलधारका मिडियाका सम्पादकहरुसँग छलफल गर्न लागेका हुन् ।
जेनजी आन्दोलनपछि यसअघि माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले पनि सम्पादकहरुसँग अन्तरक्रिया गरिसकेका छन् ।
अन्तरक्रिया कार्यक्रम दिउँसो १ बजे ललितपुरको रामबाग महलमा हुनेछ । एमाले केन्द्रीय कमिटीको बैठक पनि त्यहीँ भएको थियो ।




प्रतिक्रिया