प्रधानमन्त्री कार्कीलाई ओलीको प्रश्न : तपाईं चुनाव गराउने को हो ? तपाईं सरकारबाट हट्नुपर्छ

प्रधानमन्त्री कार्कीलाई ओलीको प्रश्न : तपाईं चुनाव गराउने को हो ? तपाईं सरकारबाट हट्नुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कार्कीलाई चुनाव गराउने अधिकार नभएकाले सरकारबाट हट्नुपर्ने बताएका छन् ।

शनिबार भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई चुनाव गराउने अधिकार नै नभएको बताए ।

प्रधानमन्त्री सुशीला कार्कीलाई उनले भने, ‘तपाईं को हो चुनाव गराउने ? तपाईंसँग चुनाव गराउनु कुनै अधिकार छैन । तपाईंहरू सरकारबाट हट्नुपर्छ यो हो लोकतन्त्र ।’

सरकारले चुनावको नाममा तमासा देखाएको उनले आरोप लगाए । उनले संसद् पुन:स्थापनापछि सर्वदलीय सरकार बनाएर संविधान संशोधन हुनुपर्ने बताए ।

संविधान र लोकतन्त्रको रक्षाका लागि संसद् पुन:स्थापना मात्रै एउटा विकल्प रहेको उनले बताए ।