प्रधानमन्त्रीको सवारीमा आधा घण्टा त्रिभुवन विमानस्थल बन्द

प्रधानमन्त्रीको सवारीमा आधा घण्टा त्रिभुवन विमानस्थल बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको दक्षिणपूर्वी एसियाली भ्रमणलाई लक्षित गर्दै आधा घण्टा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको सेवा प्रभावित हुने भएको छ ।

‘प्रधानमन्त्रीको दक्षिणपूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्षित गर्दै बिहान ११ बजेदेखि ११ः३० सम्म विमानस्थलका आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण बन्द हुने त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

भिभिआइपी सवारीलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको विमानस्थल श्रोतले जनाएको । यसअघि भिभिआईपी सवारीका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदै आएकोमा यसपटक सर्वसाधारण यात्रुहरुलाई धेरै सास्ती नहोस् भनेर समय घटाइएको हो ।

प्रधानमन्त्री ओली नेपाल वायुसेवाको चार्टड विमानबाट ११ः२५ बजे ५ दिने विदेश भ्रमणमा जाँदै छन् । उनी भियतनामका प्रधानमन्त्री गुयन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् प्रधानमन्त्री ओली ३ दिन भियतनाम र त्यसपछिका २ दिन कम्बोडियाको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको टोलीमा करिब ४५ जना रहने छन् ।