एमाले अध्यक्ष ओलीले आज सम्पादकसँग छलफल गर्दै

एमाले अध्यक्ष ओलीले आज सम्पादकसँग छलफल गर्दै

अध्यक्षमा उम्मेदवार बन्ने घोषणा गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिउँसो सम्पादकहरूसँग संवाद गर्दै छन् ।

ओलीले पार्टीको ११औँ महाधिवेशनका सन्दर्भमा सम्पादकहरूसँग संवाद गर्न लागेको उनको सचिवालयले जनाएको छ । संवाद दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्युमा हुनेछ ।

एमालेले मंसिर २७ देखि २९ गतेसम्म भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ महाधिवेशन गर्दैछ ।

ओली ११औँ महाधिवेशनबाट फेरि अध्यक्ष बन्ने चाहना राखेका छन् । तर यसबारे उनले अहिलेसम्म घोषणा गरेका छैनन ।

सचिवालयका एक सदस्यका अनुसार अध्यक्ष ओलीले महाधिशवेनमा आफू अध्यक्षको दाबेदार रहने सम्पादकहरूसँगको संवादमा घोषणा गर्ने छन् ।

यसअघि एमालको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

‘अध्यक्ष ओलीले सम्पादकहरूको संवादमा उम्मेदवारी घोषणा गर्दै मंसिर २८ गते पदाधिकारी घोषणा गर्ने तयारप्मा छन्’ ती सचिवालय सदस्यले भने ।

ओली एमालको नवौँ र दसौं महाविधेशनबाट अध्यक्ष बनेका थिए । उनी तेस्रोपटक अध्यक्ष बन्ने तयारीमा छन् ।