काठमाण्डु– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि देश एमाले र कांग्रेसले नै चलाउने बताएका छन्।
बिहीबार ११ औँ महाधिवेशनबारे सम्पादकहरुसँगको छलफलमा बोल्दै उनले अब पनि एमाले र कांग्रेसले नै देश चलाउने बताएका हुन् ।
उनले अहिले केही क्षणलाई ग्रहण लागेजस्तै मात्रै भएको उल्लेख गरे। ‘एमाले र नेपाली कांग्रेस देशका दुई प्रमुख पार्टी हुन्,‘ऐतिहासिक पार्टी हुन्। इतिहासमा योगदान गरेका, जनाधार भएका पार्टी हुन्। आज एकछिन सूर्यग्रहण लागे जस्तै हो।’ ओलीले भने । आँधी, तुफान चले जस्तै हो। फेरि पनि हुने भनेको एमाले कांग्रेस नै हुन। भोलि पनि यो देश चलाउने,’ ।
यस्तै उनले जेनजी र सरकारबीच भएको सम्झौतालाई ‘कलाविहीन भद्दा नाटक’को संज्ञा समेत दिए।उनले भने ‘हिजो एउटा कलाविहीन नाटक भयो, गोबर टाँसेको सरकारले त्यो नाटक गर्यो, त्यहीँ अस्वीकार भयो, त्यहीँ च्यातिदियो, त्यसैले त्यो कलाबिहीन भद्दा नाटक हो।’
अध्यक्ष ओलीले वर्तमान सरकारसँग निर्वाचन गराउने क्षमता नरहेको आरोप पनि लगाउँदै संसद् पुनःस्थापना नै अबको अन्तिम विकल्प भएको धारणा राखे।




प्रतिक्रिया