शुक्रबार दिउँसो एमाले सचिवालय बैठक बस्दै

शुक्रबार दिउँसो एमाले सचिवालय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले ११औं महाधिवेशन उद्घाटन हुनुअघि सचिवालय बैठक बोलाएको छ ।

शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बैठक बस्ने तय भएको छ ।

एमाले स्रोतका अनुसार बैठकमा पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने प्रस्तावबारे छलफल हुनेछ । भदौमा सम्पन्न एमालेको विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ जनामा झारेको  छ ।

पार्टीमा नेताहरूलाई व्यवस्थापन गर्न सहज बनाउन अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको संख्या पुन: १९ नै पुर्‍याउने तयारी गरेका जनाइएको छ ।

एमालेको ११औं महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ ।