देउवापछि ओलीलाई भेटे सञ्चारमन्त्री खरेलले

देउवापछि ओलीलाई भेटे सञ्चारमन्त्री खरेलले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले राजनीतिक भेटघाट तीव्र पार्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओ‌लीलाई भेट गरेका छन् ।

अध्यक्ष ओलीलाई भेट्न मन्त्री खरेल भक्तपुरको गुण्डू पुगेका हुन् । भेटमा आगामी निर्वाचनको तयारी, निर्वाचनको वातावरण निर्माण र राजनीतिक सहमतिको विषयमा छलफल भएको छ।

ओलालाई भेट्नु अघि मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगञ्ज पुगेर भेटेका थिए ।

निर्वाचनको वातावरण बनाउन भन्दै सरकारले दलहरूका शीर्ष नेताहरूसँगको संवादलाई तीव्र बनाएको छ। उच्चस्तरीय राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका खरेलले दलहरूलाई विश्वासमा लिने प्रयास थालेका हुन् ।

खरेलले महाराजगञ्जस्थित निवासमा भेट गरेपछि सभापति देउवाले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको बताएका थिए। उनले कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको जवाफ खरेललाई दिएका थिए ।

खरेलले शुक्रबार नै नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग उनको निजी निवास खुमलटारमा भेट्ने कार्यक्रम छ ।