काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयप्रति आपत्ति जनाएका छन् ।
बिहीबार आयोजित ४२औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महान्यायाधिवक्ताको कार्यालय कलंकको रूपमा स्थापित भएको आरोप लगाए ।
महान्यायाधिवक्ता कार्यालयले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र संशोधन गर्न पत्राचार गरेकोप्रति ओलीले कडा टिप्पणी गरे । उनले भने, ‘अब कसैलाई मुद्दा लाग्दैन, कसैको सम्पत्ति खाए पनि, मजाले खान पाइन्छ । मुद्दा लाग्दैन । हिजो मुद्दा लागेको रहेछ भने पनि माफी मिनाहा हुन्छ, अभियोग परिवर्तन गरिन्छ । चुनावमा हिरो बनाएर अगाडि सारिन्छ ।’
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार विदेशीको इसारामा चलेको उनले आरोप लगाए । ‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मको लागि कलंकित भएको छ । लज्जाको विषय भनेको छ । यस्तो पनि हुन्छ, डिम्बका काण्ड बिर्सिम् भन्यो, फेरि अर्को काण्ड । फेरि अर्को काण्ड । दुनियाँको हिनामिना भएको पैसा कसले महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ?’




प्रतिक्रिया