काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष तथा झापा–५का उम्मेखवार केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार रहको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सबै दलका प्रधानमन्त्री उम्मेदवारहरूसँग सार्वजनिक बहस (पब्लिक डिबेट)गर्न आफू पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन्।
भावी प्रधानमन्त्रीका उम्मेदवार पनि रहेका उनले लेखेका छन्, ‘नयाँरपुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबिच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी एमाले देश बनाउने तर्फबाट मैदानमा छ।’
ओलीले पार्टीका प्रमुख नेताहरूबिच पारदर्शी बहसको मागलाई सकारात्मक ठानेका छन्।
‘यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु,’ उनले लेखेका छन्। उनले यस्तो बहस आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह पनि गरेका छन्।
ओली झापा–५ बाट उम्मेदवार छन्, जहाँबाट रास्वपाका बालेन्द्र शाह पनि प्रतिस्पर्धामा छन्। पछिल्लो समय ओली, शाह र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार गगन थापाबिच बहस हुनुपर्ने माग सामाजिक सञ्जालमा बढ्दो छ। थापा सर्लाही–४ बाट उम्मेदवार छन्।





प्रतिक्रिया