केपी ओली र प्रधानमन्त्री कार्कीबीच २ घण्टा छलफल

केपी ओली र प्रधानमन्त्री कार्कीबीच २ घण्टा छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।ओली बिहीबार बिहान प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि बुधबारदेखि ८० हजार सेना खटिइसकेको बताउँदै अब सुरक्षामा कुनै कमीकमजोरी नहुने बताइन् ।

ओलीले फागुन २१ को निर्वाचन निष्पक्ष हुनेमा प्रश्न उठाए पछि प्रधानमन्त्री कार्की सुरक्षामा कुनै कमीकमजोरी नहुने बताएकी हुन् ।

ओलीले प्रधानमन्त्री कार्कीसँग करिब २ घण्टा समसामयिक राजनीति र निर्वाचनबारे छलफल गरेको स्रोतले बतायो ।

साथै, एकै चरणमा निर्वाचन गर्नुपर्नेगरी अघि बढ्न ओलीले सरकारलाई सुझाव दिएका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा हिमपात भएमा सर्न सक्ने बताएको र सर्छ नै नभनेको बताएकी छिन् ।