काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचारका लागि झापा पुगेका छन् ।अध्यक्ष ओली आइतबार दिउँसो भद्रपुर विमानस्थल हुँदै झापा पुगेका हुन् ।
उनले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै चुनावको वातावरण बनिनसकेको बताए । चुनावमा आफ्नो पार्टीले भाग लिने तर चुनावको वातावरणबारे यसै भन्न सकिने अवस्था नरहेको उनले बताए ।
अब चुनाव त हुन्छ भन्ठान्छु ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं । , तर चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि ‘चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो । हामीले हेर्दा अझै बनेको जस्तो देखिँदैन,’ उनले भने ।




प्रतिक्रिया