काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एउटा गाउँ नै उपहारमा पाएका छन् ।
चुनावी अभियानका क्रममा घर दैलो कार्यक्रममा व्यस्त रहेका ओलीले झापाको गौरीगञ्जका मतदाताले एउटा गाउँ नै उपहार दिएका छन् ।
बुधबार मतदातासँगको भेटका लागि गौरीगञ्ज–४ को बारसुदी टोल पुगेका ओलीको हातबाट टीका लगाई एमालेमा प्रवेश गर्दै उनीहरूले अब यो गाउँनै एमाले र अध्यक्ष ओलीलाई जिम्मा लगाएको बताए ।
यस गाउँमा रहेका ४५० मतदातामध्ये चारसय जना एमाले प्रवेश गरेका छन् । बाँकी ५० यस अघि नै एमालेमा आवद्ध भइसकेका हुन् ।
एमालेमा प्रवेश गरेपछि स्थानीयहरूले यस गाउँका अब कोही पनि मतदाताले सूर्य बाहेक अन्यत्र मतदान नगर्ने र सबै एमालेको विजयको पक्षमा लाग्ने बताएका छन् ।
उनीहरूले गाउँ नै ओलीलाई उपहार दिएको भन्दै यहाँको विकास गर्ने, कस्तो बनाउने, के के सुविधा दिने अब सबै उनको जिम्मा भएको पनि बताएका छन् ।
कृषि उपजलाई बजारसम्म लैजान, स्वास्थ्य उपचारका लागि अस्पताल जान जस्ता असुविधा रहेको उनीहरूको गुनासो छ ।




प्रतिक्रिया