स्वास्थ्यमा सुधार आएको छ, छिट्टै काममा फर्किन्छुः प्रधानमन्त्री ओली

स्वास्थ्यमा सुधार आएको छ, छिट्टै काममा फर्किन्छुः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको बताएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री भेट्न पुगेका उनका राजनीतिक सल्लाहकार विष्णु रिमालसँग ओलीले आफू छिट्टै काममा फर्किने बताएका हुन् ।

प्रधानमन्त्रीलाई भेटेपछि रिमालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो । ‘साथीहरूलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भईरहेको छ।’ छिट्टै म काममा फर्किन्छु । धेरै खुसी लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू !’

प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् ।