एमाले अध्यक्ष ओलीका पिताको निधन

एमाले अध्यक्ष ओलीका पिताको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पिताको निधन भएको छ ।

ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो।

उनी केही समय यता अस्वस्थ थिए। उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ। साथै शुक्रबा।र नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

ओलीका दुई छोरा र तीन छोरी छन्।