केपी शर्मा ओली पनि पक्राउ

केपी शर्मा ओली पनि पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पक्राउ गरेको छ ।

एमाले अध्यक्ष पनि रहेका ओलीलाई अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोलीले भक्तपुरको गुण्डुस्थित निवासबाट शनिबार बिहान ६ बजे पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने नयाँ सरकारको निर्णयअनुसार प्रहरीले ओलीलाई पक्राउ गरेको हो ।

यसअघि शनिबार बिहानै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि भक्तपुर सूर्यविनायक नगरपालिका–५, कटुञ्जे मनोरम टोलस्थित निवासबाट पक्राउ गरेको हो ।

नयाँ सरकारका गृहमन्त्री सुधन गुरुङले शुक्रबार रातभर सुरक्षा निकायका प्रमुखसँग बारम्बार छलफलपछि ओली र लेखकलाई पक्राउ गरेको हो ।

भदौ २३ र २४ मा भएको जेन जी प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

भदौ २३ गते भएको प्रदर्शनका बेला ओली प्रधानमन्त्री थिए भने लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए । शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

त्यसपछि गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग उनीहरूलाई पक्राउ गर्ने विषयमा छलफल गरेका थिए ।