स्वास्थ्य परीक्षणका लागि ओलीलाई शिक्षण अस्पताल लगियो

स्वास्थ्य परीक्षणका लागि ओलीलाई शिक्षण अस्पताल लगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

नलाई अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ । ओली मिर्गौला प्रत्यारोपणका बिरामी समेत रहेकाले मिर्गौलाका विषेज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गर्नेछ । त्यसपछि चिकित्सकको सुझाव अनुसार आवश्यक प्रक्रिया अघि बढाइनेछ ।

भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित घरबाट ओलीलाई शनिबार बिहानै पक्राउ गरिएको थियो। प्रहरीले केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर उनलाई शिक्षण अस्पताल लगेको हो ।

ओलीसँगै पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

दुवैलाई जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको आयोगले दिएको सिफारिस कार्यान्वयनका लागि पक्राउ गरिएको हो। नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।