ओलीलाई शिक्षण अस्पतालमा भर्ना गरियो

ओलीलाई शिक्षण अस्पतालमा भर्ना गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी नियन्त्रणमा रहेका एमाले अध्यक्ष तथा पूर्र्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

उनलाई एनेक्स वानको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।

शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि प्रहरीले उनलाई अस्पताल लगेको थियो ।

उनलाई सुरुमा अस्पतालको रेड एरियाको २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।

ओलीलाई मुटुका डाक्टरले पनि जाँच गरेका थिए । उनको रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि एनेक्स वानको ५०१ नम्बर बेडमा भर्ना गरिएको छ ।

ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । उनको दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएको छ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरीले ओलीलाई गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो । तत्कालीन गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन् ।