ओली पक्राउपछि उग्र बन्दै एमाले कार्यकर्ता, जाँचबुझ आयोगको प्रतिवेदन जलाए

ओली पक्राउपछि उग्र बन्दै एमाले कार्यकर्ता, जाँचबुझ आयोगको प्रतिवेदन जलाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता तथा समर्थकहरू उग्र बन्दै सडकमा उत्रिएका छन् । कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालय च्यासलअगाडिको सडकमा टायर बालेर प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै उग्र नाराबाजी पनि गरेका छन्। अवस्था तनावपूर्ण बन्दै जाँदा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यस्तै ओली पक्राउको विरोधमा कार्यकर्ताहरुले जेनजी आन्दोलनको जाँझबुझ गर्न बनेको आयोगको प्रतिवेदन जनाएका छन् ।

उनीहरू एमाले केन्द्रीय कार्यालय च्यासल नजिक आयोगको प्रतिवेदनको प्रति जलाएका हुन् । शनिबार बिहान ओली र लेखक पक्राउ परेपछि एमालेले देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।