प्रधानमन्त्रीलाई फिजियोथेरापी गराउन थालियोः चिकित्सक

प्रधानमन्त्रीलाई फिजियोथेरापी गराउन थालियोः चिकित्सक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।

अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाकाअनुसार शनिबारबाट प्रधानमन्त्री ओलीलाई नर्मल खाना दिन थालिएको छ भने सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापी पनि जारी छ ।

‘उहाँको भाइटल तथा ल्याब सूचकांकहरु सामान्य अवस्थामा छन्’ अस्पातालले विज्ञप्ति जारी गर्दै भनेको छ ।

प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि राम्रो सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो ।