काठमाडौं – गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनभित्र डिस्चार्ज गर्ने चिकित्सकहरुले जनाएका छन् । स्वास्थ्यमा सन्तोषजनक सुधार हुदै गएकाले केही दिनभित्र डिस्चार्ज गर्न सकिने उनीहरले बताएका हन् ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्यमा सकारात्मक सुधार आइरहेकाले आउँदो बिहीबार वा शुक्रबारसम्म डिस्चार्ज गर्न सकिने बताए ।
प्रधानमन्त्री ओली फागुन १९ गते अस्पताल भर्ना भएका हुन् भने त्यसको दुई दिनपछि अर्थात फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था सामान्य रहेको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीले बताएका छन् ।




प्रतिक्रिया