सरकार र नेकपाप्रति जनताको ठूलो भरोसा : प्रधानमन्त्री ओली

सरकार र नेकपाप्रति जनताको ठूलो भरोसा : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा र वर्तमान सरकारप्रति जनताको ठूलो भरोसा भएको बताएका छन्।
नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

उनले जनताको भरोसा टुट्न नदिनका लागि पार्टी एकताबद्ध हुनुको विकल्प नभएको बताए । ‘हामीप्रति जनताको ठूलो भरोसा छ । त्यसलाई टुट्न दिनुहुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘ त्यसका लागि हामी सबैले जो जहाँ छौं त्यसै अनुसारको जिम्मेवारी निर्वाह गर्नुपर्दछ । ’

प्रधानमन्त्री ओलीले यसै आर्थिक बर्ष भित्र पार्टी एकताका सबै काम टुंगिसक्ने बताए। ‘पार्टी एकता भएन भनेर अब धेरै निराश हुनु पर्दैन । असारभरीमा एकताका

काम टुंगिन्छन्,’ उनले भने, ‘आगामी आर्थिक बर्ष हाम्रा लागि उत्साह र उमंगको बर्ष हुनेछ।’ बैठकमा साँससदहरुले सरकारका काम ,पार्टी एकता,बजेट बिनियोजन आदि बिषयमा जिज्ञासा र सुझाव राखेका थिए। बैठक आगामी शनिबार दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ।