प्रधानमन्त्रीको उपचार खर्च ६ लाख !

प्रधानमन्त्रीको उपचार खर्च ६ लाख !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गत बुधबार मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्जपछि बालुवाटार गएका छन् ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्दा ५ देखि ६ लाख रुपैयाँ खर्च लागेको अस्पतालले जनाएको छ ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले उपचार खर्च पुरै हिसाब गरि नसके पनि ५ देखि ६ लाख लागेको बताए ।

प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् ।