नागढुङ्गा–नौबिसे सुरुङमार्गको शिल्यान्यास प्रधानमन्त्रीले गर्ने

नागढुङ्गा–नौबिसे सुरुङमार्गको शिल्यान्यास प्रधानमन्त्रीले गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नागढुङ्गा–नौबिसे खडकखण्डमा हुने जामलाई हटाउने विश्वास गरिएको र सबैको चासो रहेको नागढुङ्गा–नौबिसे सुरुङमार्गको शिल्यान्यास आगामी साता हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गर्ने गरी तयारी भइरहेको सडक विभागले जनाएको छ ।

शिलान्यास हुने स्थानमा किसानको धान भएकाले त्यो हटाएर मात्रै शिलान्यास गरिने सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए ।

विभागले आगामी ४ गतेका लागि योजना बनाए पनि तय भइनसकेको उनले जानकारी दिए । उनले भने ‘किसानलाई हामीले खाली गर्न भनेका छौँ, खाली भएपछि काम हुनेछ ।’

सो सुरुङमार्ग निर्माणका लागि गत ६ गते जापानको हाजमा आङ्दो कर्पोरेशनसँग ठेक्का सम्झौता भएको थियो । ४२ महिमा सो सुरुङमार्गको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

मुआब्जा रकम समेत गरेर सो सुरुङमार्गको जम्मा लागत २२ अर्ब हुने बताइएको छ । जम्मा रकममध्ये नेपाल सरकारले ६ अर्ब जग्गाको मुआब्जा वितरणमा खर्च गर्ने भएको छ । अहिलेसम्म चार अर्ब मुआब्जाबापतको रकम बाँडिसकिएको छ ।

सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर सडक समेत निर्माण हुनेछ। सुरुङमार्ग कै मुखमा र सतुङ्गलमा गरेर दुई स्थानमा फ्लाई ओभरसमेत निर्माण हुने सम्झौता भएको उनले जानकारी दिए । उनले भने, ‘फ्लाई ओभरको निर्माण सम्पन्न भएपछि यो नै नेपालको पहिलो फ्लाई ओभर हुनेछ ।’

जापान सरकारको ०.०१ प्रतिशत सहुलियत ऋणमा सुरुङमार्ग निर्माण हुन लागेको हो । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने उनले जानकारी दिए । अहिले सुरुङमार्ग निर्माण गर्न लागेकै कम्पनीले माइतीघर–सूर्य्विनायक सडक निर्माण गरेको थियो ।