कोरोना कोषमा एक महिनाको तलब दिने प्रधानमन्त्रीका सल्लाहकारको घोषणा

कोरोना कोषमा एक महिनाको तलब दिने प्रधानमन्त्रीका सल्लाहकारको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)को संक्रमणविरुद्ध सरकारले स्थापना गरेको कोरोना कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका ६ जना सदस्यले एक महिनाको तलब दिने भएका छन् ।

मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव, इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले एक महिनाको पारिश्रमिक बराबर दिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै विकास पूर्वाधार विज्ञ ई. गजेन्द्र थपलिया, संचार विज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महिनाको पारिश्रमिक बराबर दिने घोषणा गरेका छन् ।