बहराइनका समकक्षीसँग प्रधानमन्त्री अ‍ोलीको टेलिफोन वार्ता

बहराइनका समकक्षीसँग प्रधानमन्त्री अ‍ोलीको टेलिफोन वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र बहराइनका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको छ ।

शनिबार प्रधानमन्त्री ओलीले बहराइनका समकक्षी खलिफा विन सलमान अल खलिफासँग टेलिफोनमा कुराकानी गरेका हुन् ।

टेलिफोनामा कोरोना भाइरस फैलिइरहेका बेला बहराइनमा रहेका नेपाली श्रमिकहरूको सुरक्षाका बारे कुराकानी भएको प्रधानमन्त्री ओलीले ट्वीटरबाट जानकारी दिएका छन् ।

‘कोभिड–१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संवाद गरे,’उनले लेखेका छन्, ‘त्यहाँ रहेका नेपालीहरूको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।’