मेरो स्वास्थ्य अवस्था कमजोर भयोः प्रधानमन्त्री ओली

मेरो स्वास्थ्य अवस्था कमजोर भयोः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएको बताएका छन् । प्रधामनन्त्री ओलीले स्वास्थ्य अवस्था कमजोर भए पनि सरकारले नतिजा निकाल्नु पर्नेगरी काम गर्नुपर्ने भएकोले अहिले पनि निरन्तर खटेर काम गरिरहेको बताएका छन् ।

‘मेरो जिन्दगीको झन्डै–झन्डै एउटा पाटोमा स्वास्थ्यको विषय पनि आएको छ । म जेल पर्दादेखि नै अस्वस्थ भएको हुँ । जेल जीवन पूरै बिरामी भएरै बित्यो । त्यसपछि पनि म बिरामी परि नै रहेँ । हुँदाहुँदा मिर्गौलाले काम गर्न छाड्यो । त्यहीअनुरूपको उपचारमा संलग्न रहनुपर्‍यो । कहिले निमोनिया हुने त कहिले मेनेन्जाइटिस हुँदै मुटुमा ‘स्टन’राख्नुपर्ने अवस्थासम्म आयो’, आम नागरिकमा यहाँको स्वास्थ्यप्रति चासो छ, अवस्था के हो ? भन्ने अन्नपूर्ण पोष्टलाई सोमवार दिएको अन्तर्वार्तामा ओलीले भनेका छन्, ‘ पहिलेदेखि नै स्वास्थ्य धेरै राम्रो भएको मानिस म होइन । स्वास्थ्यस्थिति कमजोर हुँदाहुँदै पनि ४५र४६ वर्ष लगातार काममा लागिरहें । अहिले पनि काम गरिरहेको छु । स्वास्थ्य अवस्था कमजोर नै छ तर चलिरहेको छु, गरिरहेको छु । म अलि बढी खटेर नतिजा निकाल्नुपर्ने मानिसकै सूचीमा बस्न रुचाउने भएकाले अहिले पनि निरन्तर खटी नै रहेको छु ।’