उच्चस्तरीय समितिसँग कोरोना नियन्त्रणबारे प्रधानमन्त्रीले गरे छलफल

उच्चस्तरीय समितिसँग कोरोना नियन्त्रणबारे प्रधानमन्त्रीले गरे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिसँग कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि बालुवाटारमा छलफल गरेका छन् ।

प्रधानमन्त्रीको उपस्थितिमा शुक्रबार भएको छलफलमा कोरोना संक्रमण नियन्त्रणका लागि २४ दिन अघिदेखिको लकडाउनको कार्यान्वयनको विषयमा समीक्षात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले हिँडेर गाउँ जान नदिन र खान समस्यामा परेकालाई खानाको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

‘प्रधानमन्त्रीले मन्त्रिपरिषदका सदस्य, उच्चस्तरीय समन्वय समिति र सीसीएमसीका सदस्यसहित बालुवाटारमा विशेष बैठक गर्नुभएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘बैठकमा कोरोना भाइरस संक्रमणविरूद्ध जारी लकडाउन र यसको कार्यान्वयनका बारेमा एकीकृत छलफल र समीक्षा भएको छ ।’

छलफलमा प्रधानमन्त्री केपी ओली, कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगै समिति सदस्य, सीसीएमसीका सदस्यसहितका पदाधिकारी सहभागी थिए ।