काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अोलीले काठमाडौं उपत्यका कोरोना भाइरस मुक्त भएको दाबी गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दुई जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएपछि काठमाडौं उपत्यका कोरोना भाइरस मुक्त भएको दाबी गरेका हुन् ।
‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ । डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु’, उनले भनेका छन् ।
काठमाडौंको सनसिटी अपार्टमेन्टमा विदेशबाट आएका २ जनामा कोरोना संक्रमण भएपछि पाटन अस्पताल भर्ना गरिएको थियो ।
कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ। डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु।
— K P Sharma Oli (@kpsharmaoli) April 24, 2020




प्रतिक्रिया