काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्रिन सक्ने भन्दै तयारी अवस्थामा रहन आफू निकटका सांसदहरुलाई सतर्क गराएका छन् ।
पछिल्लो समय पार्टी आन्तरिक कलहमा फस्दै गएको अवस्थामा प्रधानमन्त्री ओलीले ३/४ दिनभित्र जे पनि हुन सक्ने भएकाले मानसिक रुपमा तयार रहन सांसदहरुलाई निर्देशन दिएका हुन् । उनले आफूलाई सरकारबाट हटाउने खेल भइरहेकाले पार्टी विभाजनको अवस्थामा पुग्ने चेतावनी दिएका थिए ।
आफू निकटका सांसदहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर अध्यक्ष ओलीले ब्रिफिङ गरेका थिए ।
छलफलमा सहभागी सांसद विजय सुब्बाका अनुसार सरकारले गरेका राम्रा कामको प्रचार नगरेको र सरकारलाई पार्टीबाट सहयोग नगरेको प्रधानमन्त्रीको गुनासो छ ।
प्रधानमन्त्री अोली पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमसँग असन्तुष्ट रहँदै आएका छन् । पार्टीमा छलफलल नै नगरी एकलौटी निर्णय गर्दै आएका प्रधानमन्त्री ओली चौतर्फी घेरामा परेका छन् ।
‘सरकारले गरेका कामको प्रचार हुन सकेन । पार्टीबाटै लगातार ममाथि षड्यन्त्र भइरहेका छन्’, छलफलमा सहभागी सांसद सुब्बाले भने, ‘गल्ती भएका रहेछन् भने सच्याएर अगाडि बढ्छु भन्दा पनि साथीहरु हटाउने खेलामा लाग्नु भएको छ । जुनसुकै बेला पार्टी विभाजन पनि हुनसक्छ । मानसिक रुपमा तयार रहनू ।’
प्रचण्ड निकट नेताका रुपमा चिनिएका स्थायी समिति सदस्य लेखराज भट्ट पनि छलफलमा सहभागी थिए । उनले प्रधानमन्त्रीलाई समर्थन गर्नै बताएका छन् ।
उनले पार्टी फुटाउने कुरामा आफुले सहयोग गर्न नसक्ने बताए । उनले भने ‘हिजो पार्टी एकताको समय भएको छैन् भन्दा एकता गर्ने, एकता नटुंगदै अर्को खेलमा लाग्ने र अहिले फेरी सरकार ढालेर अस्थिरता ल्याउन खोज्ने यस्मा मेरो समर्थन हुंदैन । ’
मन्त्री भट्टले स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई हटाउन नसक्ने यदी जर्वजस्ती हटाउन खोजे दुर्भाग्यपुर्ण कमद हुने चेतावनी समेत दिए ।
सोमबार साँझ सांसद सुब्बा र भट्टसहित २५ जना सांसदहरको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया