काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन र भारतीय सीमा नाकामा थप कडाई गर्न निर्देशन दिएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनकै कारण नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नपाएको भन्दै प्रधानमन्त्री सम्बन्धित मन्त्रीलाई थप कडाई गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई भारतीय सीमामा आवतजावतमा कडाई गर्न निर्देशन दिएका हुन् । उनले भारतबाट नेपालमा लुकीछिपी मान्छे प्रवेश गरेकाले त्यसलाई कडाई गर्न निर्देशन दिएका छन् ।
उनले छिमेकी मुलुक भारतमा रहेका नेपालीलाई स्वदेश फिर्ता नल्याउन पनि निर्देशन दिएका छन् । भारतका विभिन्न ठाउँमा नेपालीहरु अलपत्र रहेको र स्वदेश फिर्ता गर्न सरकारसँग माग गर्दै आइरहेका छन् । उनले छिमेकी मुलुकमा कोरोना भाइरस संक्रमित बढिरहेकाले नेपालमा त्यसको जोखिम कम गर्न आवश्यक भएको बताएका थिए ।




प्रतिक्रिया