भोलि साँझ दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आह्वान

भोलि साँझ दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भोली साँझ ७ बजे दीप प्रज्वलन गर्न आग्रह गरेका छन् ।

दीप प्रज्ज्वलन गरेर कोरोनाविरुद्धको संघर्षमा ऐक्यबद्धता प्रकट गर्न ओलीले आग्रह गरेका छन् ।

‘विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४औँ जन्मजयन्तीका सन्दर्भमा कोरोना महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं स्वयंसेवकहरूप्रति उच्च सम्मानस्वरूप, संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभका लागि, मृत्युवरण गर्नुभएकाहरूको शान्तिका लागि वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्ज्वलन गरौँ’, प्रधानमन्त्रीले भनेका छन् ।