लिपुलेकवारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

लिपुलेकवारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएका हुन् ।

अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ । बैठकमा पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्षहरुलाई बोलाइएको छ ।

कोरोना भाइरसको महामारी र भारतले नेपालको भूमि अतिक्रमण गरेर सकड निर्माण गरेको विषयमा छलफल गर्न बैठक बोलाइएको स्रोतले जानकारी दियो ।