वार्ताका लागि भारतले कोरोना कारण बनायो, अहिले लड्नु जरुरी छैन: प्रधानमन्त्री ओली

वार्ताका लागि भारतले कोरोना कारण बनायो, अहिले लड्नु जरुरी छैन: प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग वार्तापछि मिचिएको नेपालको भूमिसहितको नक्सा सार्वजनिक गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको सर्वदलिय बैठकमा बोल्दै प्रधानमन्त्री अ‍ोलीले पूर्खाले लडेर ल्याएको भूमि हामीले अडेर जोगाउनुपर्ने बताएका छन् ।

‘पूर्खाहरुले लडेर बनाएको र लडेर बचाएको नेपाललाई हामीले अडेर बचाउनुर्छ,’ प्रधानमन्त्रीले भने, ‘हामीले अहिले लडनु जरुरी छैन । भारतसँग असल मित्रता चाहन्छौं । कुटनीतिक वार्ता गर्ने पक्षमा छौं ।’

सरकारले सीमा र सडकबारे पटकपटक वार्ता गर्न खोजे पनि भारतले भने कोरोनको कारण देखाउँदै वार्ता टरेको प्रधानमन्त्री ओलीले बैठकमा बताएका थिए ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने, ‘भारतले जारी गरेको नक्साबाट विवाद शुरु भएको हो । वार्ताका लागि नेपाल सरकारले पटकपटक प्रयास गरेको हो । वार्ताका लागि भारतले कोरोना कारण बनायो । बाटो उद्घाटन गर्न भने कोरोनाले छेकेन ।’

बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु डा बाबुराम भट्टराई झलनाथ खनाल, माधव नेपाल, राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीलगायत प्रमुख दलका नेताहरु, वरिष्ठ मन्त्रीहरुको उपस्थिति रहेको थियो ।