‘माओवादी जनयुद्ध’लाई प्रधानमन्त्रीले भनेः हिंसात्मक द्वन्द्वले युवा पलायन भए !

‘माओवादी जनयुद्ध’लाई प्रधानमन्त्रीले भनेः हिंसात्मक द्वन्द्वले युवा पलायन भए !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दश वर्षे लामो ‘माओवादी जनयुद्ध’लाई ‘हिंसात्मक द्वन्द्व’ भनेर टिप्पणी गरेका छन् । युवा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री अ‍ोलीले हिंसात्मक द्वन्द्वले लाखौं युवा गाउँबाट शहर र शहरबाट विदेशतिर जान वाध्य भएको बताएका छन् ।

‘विगतमा देशमा एकातिर रोजगारीका अवसर सिर्जना हुन सकेन भने अर्कोतिर अनपेक्षित हिंसात्मक द्वन्द्वले लाखौं नेपाली युवा गाउँबाट शहर र शहरबाट विदेशरि जान बाध्य भए,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले हामी रोजगारी र शिक्षाको अवसरका लागि बिदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न अग्रसर छौं ।’

प्रधानमन्त्री अ‍ोलीले रोजगारीका लागि विदेश पलायन भएका युवालाई स्वदेशमा रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न सरकार अग्रसर रहेको बताएका छन् ।

‘कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारीहरुको पंक्तीलाई रोजगारी उपलब्ध गराउने उपयाको खोजीमा छौं । यस अग्रसरले नेपाललाई अविकासबाट विकशित र पछौटेपनबाट समृद्धितर्फ, गरिबीबाट सम्पन्नतिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने छ ।’, उनले भनेका छन् ।