नेपालको स्वाधिनतामाथि ‘निम्छरा’ शब्द प्रयोग नगर्न भारतलाई प्रधानमन्त्रीको चेतावनी

नेपालको स्वाधिनतामाथि ‘निम्छरा’ शब्द प्रयोग नगर्न भारतलाई प्रधानमन्त्रीको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार बाहिरी तत्वबाट नढल्ने चेतावनी दिएका छन् ।

मंगलबार प्रतिनिधि र राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्धानमन्त्री ओलीले जनताले बनाएको स्थिर सरकार कसैले ढाल्छु भनेर कल्पना नगर्न चेतावनी दिएका छन् ।

‘यो सरकार नेपाली जनताले बनाएको हो । नेपाली जनताबाट निर्वाचित हो । कुनै पनि देशको आशिर्वादबाट बनेको बन्ने, टिक्ने, अडिने, ढल्ने ढालिने कल्पना नगरे हुन्छ’, प्रधानमन्त्री अ‍ोलीले भने ।

प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतलाई नेपालको स्वाधिनताका लागि निम्छरा शब्दहरु प्रयोग नगर्न चेतावनी दिएका छन् ।

‘कुनै देशको भूगोल ठूलो वा सानो हुन सक्दछ, जनसंख्या ठूलो वा सानो हुनसक्दछ, विकासमा अगाडि वा पछाडि हुनसक्दछ । तर, राष्ट्रियता सानो वा ठूलो हुँदैन । सबै राष्ट्रहरु बराबरीको हैसियत राख्छन् । र सबै राष्ट्रहरुले बराबर स्वाधिनताको प्रयोग गर्न पाउनुपर्छ । आफ्ना स्वाधिन आफ्ना निम्ति आफूले अगाडि बढाउन पाउनुपर्छ । नेपालको स्वाधिनताका लागि निम्छरा शब्दहरु कुनै पनि देशले नबोल्दिए राम्रो हुन्थ्यो’, प्रधानमन्त्री अ‍ोलीले भने, ‘राणा शासनको समाप्तीको लगत्तैदेखि उत्तरी चेकपोष्टमा लगेर एकपट्टीको छिमेकीको सेना अर्कोपट्टकिो बोर्डमार लगेर राख्ने खालको अशोभनीय मन्त्रिपरिषद्को बैठकमा अर्को देशको राजदुत ल्याएर बेठक गरियो । १७ वटा चेकपोष्ट उत्तरतिर छन् । राष्ट्रियता कमजोर हुने, हाम्रो स्वाभिमान झुक्ने, हामी निहुरिने हामीले स्वाधिनताको ऐहशास गर्ने त के त्यो परिकल्पना गर्न नसक्ने स्थिति हुनुहुँदैन ।’