काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली निरीक्षणका लागि छाउनिस्थित कोरोना क्राइसिसि क्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) जाने भएका छन् ।
उनले त्यहाँ पुगेर कोरोना भाइरसको अवस्थाबारे जानकारी लिने भएका हुन् । प्रधानमन्त्रीको निरीक्षणका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवसहित वरिष्ठ सैनिक अधिकृतहरुले प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नेछन् ।
सीसीएमसीले धेरै संख्यामा नमूना संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याउने, थोरै संख्यामा भए प्रदेशस्तरका ल्याबमा परीक्षण गराउने र ‘पोजेटिभ रिपोर्ट’ आए सम्बन्धित बिरामीको तत्कालै उपचारको व्यवस्था मिलाउने गर्दै आएको छ ।




प्रतिक्रिया