काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई तत्काल उद्दार गर्ने बताएका छन् ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई समयमै उद्दार गर्न सरकार शंवेदनशील रहेको बताएका छन् ।
‘सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै उद्दार गर्छ,’ प्रधानमन्त्री अोलीले, ‘आफ्ना नागरिकप्रति सरकार संवेदनशील छ। निश्चिन्त रहन म आग्रह गर्छु ।’
भारतबाट कष्ट झेल्दै स्वदेश फर्केकाहरूबाट कोरोना महामारी फैलन मद्दत पुगेको पनि उनले बताए ।
‘भारतबाट अनेक कष्ट झेल्दै घर फर्केकाबाट महामारी फैलनमा योगदान गरेको छ,’ प्रधानमन्त्रीले भने ।
स्वदेश फर्कनेको अनिवार्य परीक्षण गरिनुपर्ने पक्षमा सरकार रहेको उनले बताए ।




प्रतिक्रिया