काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अोलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ पाँच बजे बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठकमा कोरोना भाइरस, सीमालगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्षलाई बोलाइएको छ । त्यस्तै बैठकमा पूर्व प्रधानमन्त्रीहरुको पनि सहभागिता हुनेछ ।




प्रतिक्रिया